अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

एमसीसी नेपालको हितमा छ – सभापति देउवा

बिआरटीनेपाल २०७६ माघ ५ गते ६:५९ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रेस युनियनले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले नेपालको हितमा भएकै कारण कांग्रेस एमसीसीको पूर्ण समर्थनमा रहेको बताउनुभयो ।

एमसीसीमा नेपालको विकास वाहेक अन्य कुनै षड्यन्त्र नरहेको उल्लेख गर्दै उहाँले एमसीसी लागू भएमा नेपालले भारतलाई विद्युत विक्री गर्नसक्ने बताउनुभयो । नेपालको विद्युत र सडकको विकासमा आएको सहयोग फिर्ता गर्न नहुने उहाको भनाई थियो ।

सत्तारुढ दलभित्रै विवाद भएपनि कांग्रेसले यसको बिरोध नगरेको देउवाले उल्लेख गर्नुभयो । सरकार भ्रष्टाचार, अनियमितता र लुटपाटमा केन्द्रीत भैरहेको देउवाको आरोप थियो । कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारका गलत कामहरुको विरोध गर्दै आएको देउवाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू