अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

भूकम्प सुरक्षा दिवस

बिआरटीनेपाल २०७६ माघ ३ गते ११:०४ मा प्रकाशित

रसुवा – २२ औँ भूकम्प दिवस रसुवामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाम धुन्चेमा विभिन्न कार्यक्रम गरेको छ । सो अवसरमा सदरमुकाम धुन्चेमा भूकम्प सुरक्षा सम्बन्धी नाटक समेत प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान गरेको छ । विपद्को समयमा जिल्लामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा सङ्घ संस्थालाई सो अवसरमा सम्मान गरिएको हो। उहाँहरूलाई सांसद मोहन आचार्यले सम्मानित गर्नु भयो।

यस वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल भूकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ । २०७२सालको भूकम्पबाट अति प्रभावित जिल्लाको सूचिमा रसुवा जिल्ला पनि पर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू