अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

महिला प्रहरीबाट दुर्व्यवहारमा परेको गायिका आस्थाको दाबी, प्रहरीलाई गाली गरेको भिडियो भाइरल

बिआरटीनेपाल २०७६ माघ २ गते १:५५ मा प्रकाशित

फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिनुभएको छ । उहाले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उहाले आरोप लगाउनुभएको हो ।

भद्रपुरमा ओर्लिएपछि आस्थाले फेसबुक लाइभ गर्दै भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गर्नुभएको थियो ।

पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जादै हुनुहुन्थ्यो । फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको छ। अन्य पेजबाट पनि शेयर भइरहेको छ ।
 यसैबिच,  आस्थाले  आफु आवेग मा आएर प्रयोग भएको अपशब्द का लागि क्षमायाचना  गर्नुभएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू