अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

लुम्बिनीमा रोबोटिक थिएटरमार्फत बुद्धको जीवनी देखाइने

बिआरटीनेपाल २०७६ पुष २८ गते ८:१५ मा प्रकाशित

गौतम बुद्धको जीवनीबारे स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिन लुम्बिनीमा रोबोटिक थिएटर संचालनको तयारीमा छ  । रोबोट मार्फत बुद्धको जीवनी देखाउन ५ करोडको लागतमा लुम्बिनीमा यस्तो थियटर निर्माण भइरहेको छ । माघको दोस्रो साता भित्र सञ्चालनमा ल्याएर थिएटरबाट बुद्धको जीवनी देखाउने तयारी छ ।

बुद्धग्राम प्रालिले करिब पाँच करोडको लगानीमा रोबोटिक थियटर सञ्चालनमा ल्याउने भएको हो । रोबोटमार्फत बुद्धको जीवनी देखाउन निर्माण भइरहेको थिएटरको काम ९८ प्रतिशत सम्पन्न भएको छ  । करिव २ वर्ष समय लगाएर निर्माण भएको मायादेवी मन्दिर प्रवेश गर्ने मूलद्वार सामुन्ने रहेको थियटरमा नाटकमार्फत बुद्धको जीवनी देखाइने जानकारी बुद्धग्राम प्रालिका सञ्चालक पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार थियटरमा बुद्धकालीन कथालाई झल्काउने गरी ८ वटा कोठा निर्माण गरिएको छ । प्रत्येक कोठमा बुद्धको जीवनकालका विभिन्न चरण गरी ८ वटा चरणमा बुद्धको जीवनी रोबोटमार्फत देखाइनेछ । ८ वटा कोठा रहने हलको पहिलो कोठामा बुद्ध को हुन् ? कसरी बुद्ध भए भन्ने विषय देखाइनेछ । दोस्रोमा बुद्धको जन्म, तेस्रो कोठामा बुद्ध र देवदत्तको विवाद देखाइनेछ । चौथोमा बुद्धले देखेको पीडा (वृद्ध, रोग, मृत्यु र शोक) देखाइनेछ । पाँचौँ कोठामा दरबार छोडेर नदीमा कपाल खौरेको कथा, छैटौँमा बुद्धले बुद्धत्व प्राप्त गरेको कथा सातौँमा ऋषिहरूलाई ज्ञान प्रवचन र आठौँमा मृत्युबारे देखाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू