अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:०१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गर्नुभएको छ । पृथ्वी जयन्तीका अवसरमा राजधानीमा भएको चियापान कार्यक्रममा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गर्नुभएको हो ।

विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोचहरु रहेपनि अहिले सबै राजनीतिक दल र नेताहरु सकारात्मक रुपमा लिएकोम खुसी व्यक्त गर्दै थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रुपमा मनाएर विदा दिन र उहाँको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायीत्व कायम गरी सबल र समुन्नत नेपाल निर्मामा सबै राजनीतिक दलहरु एकता र सहमतिमा आउनुपर्ने उहाको भनाई थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गर्नुभएको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकतावद्ध बनाउँदै निरन्तर अगाडी बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू