अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ – राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७६ पुष २६ गते ८:२३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताउनुभएको छ । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने स्पष्ट पार्नुभयो ।

अध्यक्ष थापाले भन्नुभयो “पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।” अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उहाँकी पत्नी तारालाई राप्रपा प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू