अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

उपसभामुख तुम्वाहाम्फेलाई राजिनामा दिन लगाउने नेकपा सचिवालय बैठकको निर्णय

बिआरटीनेपाल २०७६ पुष २६ गते ७:५१ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुखबाट डाक्टर शिवमाया तुम्वाहाम्फेलाई राजिनामा दिन लगाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आउनुभएको छ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताउनुभएको थियो । तर अध्यक्षद्वय ओली र प्रचण्डका पनि आफ्नै उम्मेदवार छन् । ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने अडान राख्दै आउनुभएको छ ।

सभामुखमा पम्फा भुसालको नाम पनि चर्चामा छ । भोलि प्रतिनिधिसभा बैठक बोलाइएको छ । बैठक बस्नुअघि समामुखबारे निर्णय गर्न नेकपाले सचिवालय बैठक राखेको हो । सभामुख पूर्वमाओवादी खेमाले आफूहरूले पाउनुपर्ने बताएको छ । तर अध्यक्ष ओलीले सक्षम व्यक्तिलाई सभामुख दिनुपर्ने बताउदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू