अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

तनहुँमा बस दुर्घटना – २ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:३१ मा प्रकाशित

तनहुँको घिरिङ गाउँपालिका कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जनाको घटनास्थमै र अर्का १ जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । प्रहरीका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापाको दुर्घटनास्थलमै मृत्यु भएको थियो । सख्त घाइते भइ फिस्टेल अस्पताल पोखरा पुर्याइएकी ४२ वर्षीया नानीमाया गुरुङको भने उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

घाइतेमध्ये १८ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू