अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६ | Colorodo: 20:51

नाम र राजधानीबारे प्रदेश– ३ को नेकपा संसदीय दलको बैठक अनिर्णीत

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:४२ मा प्रकाशित

प्रदेशको नाम र राजधानीमा सचिवालयको निर्देशनअनुसार प्रदेश सांसदलाई ह्वीप लगाउनेबारे प्रदेश ३ को नेकपा संसदीय दलको बैठक अनिर्णित भएको छ। बिहीबार बिहान बसेको संसदीय दलको बैठकमा शीर्ष नेतृत्वले नाम बागमती र राजधानी हेटौंडा राख्न दिएको निर्देशनबारे छलफल भए पनि कुनै निर्णय नभएको प्रदेश सभा सदस्य केशव स्थापितले जानकारी दिनुभयो ।

गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीका पदाधीकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरुलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो ।

दुई अध्यक्षसँगको भेटमा प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी निर्णय व्यवहारिक नभएको बताएका थिए। अध्यक्षहरूले भने पार्टी निर्णयमा तलमाथि नहुने स्पष्ट पार्नुभएको थियो । प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। २ तिहाई पुग्न ७४ जना सांसद चाहिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू