अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

राष्ट्रपति भण्डारीद्वारा गैरआवासीय राजदूत नियुक्त

बिआरटीनेपाल २०७६ पुष २३ गते ८:३३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा,२८२ अनुसार राष्ट्रपतिले उहाँहरुलाई ती मुलुकका लागि गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको हो । राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू