अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई फिर्ता पठाउन प्रक्रिया सुरु

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:०९ मा प्रकाशित

अध्यगमन विभागले काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई फिर्ता पठाउने प्रक्रिया सुरु गरेको छ । पक्राउ परेका मध्ये ९२ जनाको राहदानी नरहेको देखिएपछि अध्यगमनले चिनियाँ दूतावासलाई ‘ट्राभल डकुमेन्ट’ बनाइदिन आग्रह गरेको हो ।

पक्राउ परेका ३० जनासँग मात्रै वैधानिक चिनियाँ राहदानी रहेको छ र अन्यसँग कुनै कागजपत्र नै नरहेको अध्यगमन विभागका निर्देशक एवम सूचना अधिकारी रामचन्द्र तिवारीका जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिनियाँबाट बरामद गरिएको राहदानीको पनि जाँच भइरहेको छ ।

अध्यगमनका अनुसार पक्राउ परेका चिनियाँलाई लिन दुईवटा चार्टर्ड विमान काठमाडौं आउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मार्दा गिरोहका सदस्य पक्राउ परेका थिए ।

गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका चिनियाँविरुद्धको कसुर पुष्टि नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले हिजो ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएको थियो । दुई साता लामो अनुसन्धानमा चिनियाँले अध्यागमन कानुन उल्लंघनबाहेक अर्को अपराध गरेको नभेटिएपछि अभद्रमा जरिवाना असुल गरेर उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू