अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

‘एमसीसी’ इन्डोप्यासेफिकको अंग हैन – परराष्ट्र मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:२८ मा प्रकाशित

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डोप्यासेफिकको अंग नभएको दावी गर्नुभएको छ । एमसीसी मार्फत् लिन लागिएको अमेरिकी सहयोगबारे कस्ले के बोल्यो भनेर पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । (एमसीसी)बारे परराष्ट्र मन्त्रालयको भनाइ नै आधिकारिक भएको स्पष्ट पार्दै उहाँले यसलाई नेपालमा ल्याउँदा देशलाई कुनै हानी नहुने बताउनुभयो ।

एमसीसीबारे बहस र छलफल हुनु स्वाभाविक भएपनि यथार्थ बुझेर गर्न पार्टीभित्र र बाहिरका सबैसँग उहाको आग्रह थियो । मन्त्री ज्ञवालीले एमसीसी संसदमा जाने र पारित गरिनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

नेकपाभित्र कै केही नेताले मिलेनियम च्यालेञ्ज करर्पाेरेशन इण्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको जिकिर गर्दै यस्तो सहयोग लिइए मुलुकको सार्वभौमसत्ता र असंलग्न नीतिमै असर पर्ने भन्दै पुनर्विचार गर्नुपर्ने बताउँदै आएका बेला मन्त्री ज्ञवालीले विषय प्रष्ट पार्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू