अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त पनि हुनसक्छ – कुलबहादुर गुरुङ

बिआरटीनेपाल २०७६ पुष १४ गते ८:१७ मा प्रकाशित

वीपी बिचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले बिपीको बिचारलाई आत्मसाथ गर्न नसकेको बताउनुभएको छ । राष्ट्रिय मेलमिलापको सन्दर्भमा आज वीपी बिचार राष्ट्रिय समाजले काठमाडौमा गरेको कार्यक्रममा उहाँले वीपीको बिचार आत्मसाथ गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भएको बताउनुभयो ।

राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि दलहरुबीचको एकता हुन नसक्दा मुलक कमजोर भएको उहाको भनाई थियो । उहाँले नेपाली काँग्रेसभित्र बढ्दै गएको गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त हुने पनि बताउनुभयो ।

वीपी बिचार राष्ट्रिय समाजका सह अध्यक्ष गोबिन्दराज जोशीले पार्टीभित्र बिचार र सिद्धान्तको राजनीति भन्दा पदको राजनीति हावी हुँदा कांग्रेस धाराशायी हुदै गएको बताउनुभयो । उहाँले राष्ट्रिय मेलमिलापको सन्दर्भमा प्रजातन्त्र सेनानी तथा जिउदो शहिद केवी गुरुङ, प्रजातान्त्रिक आन्दोलनका योद्धाहरु रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, सरोजप्रसाद कोइराला, दिवानसिंह राईलगायतको योगदानको बारेमा पुस्तक लोकापर्ण गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू