अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन राप्रपा संयुक्तको माग

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:५७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ। काठमाडौंमा सम्पन्न उच्च कार्यसम्पादन समितिको वैठकपछि जारी प्रेस विज्ञप्तिमा राप्रपा (संयुक्त)ले पुष २७ गतेलाई राष्ट्रिय एकताको रुपमा मनाउन माग गरेको हो।

सो पार्टीले संघीय तथा प्रदेश सरकारका निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न र सुनुवाई गर्न नपाउने व्यवस्था गरीएको प्रस्तावित विधेयक फिर्ता लिन सरकारको गम्भीर ध्यानाकर्षण समेत गरेको छ। ‘नयाँ ऐन कानुनको व्यवस्थाबाट महालेख परीक्षक र निर्वाचन आयोगको अधिकार कटौति गरीसकिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र मानव अधिकार आयोगको अधिकार कटौति गर्न विधेयक ल्याइएकोमा’ उक्त पार्टीले आपत्ति जनाएको छ।

कानुन संशोधन गरेर नेपाल ट्रष्टको अचल सम्पत्ति यती हाल्डिङलाई दीर्घकालीन लीज दिएको घटनालाई राप्रपा (संयुक्त) विरोध गरेको छ। त्यस्तै नेपाल ट्रष्टलगायत वाइड बडी जहाज खरीद प्रकरण, ललिता निवास जग्गा प्रकरण, ३३ किलो सुन प्रकरण र विराटनागर जुट मिल चल अचल सम्पत्ति हिनामिनामा कानुन बमोजिमको कारवाही पनि राप्रपा (संयुक्त) ले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू