अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

मुलुकभर क्रिसमस मनाईयो

बिआरटीनेपाल २०७६ पुष ९ गते ८:२७ मा प्रकाशित

इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाइरहेका छन् । राजधानी काठमाडौं र मुलुकको प्रमुख पर्यटकीय नगरी पोखरा, लगायतका स्थानमा कृतिम हिमपात वर्षा गराएर क्रिसमस मनाइएको छ । पर्यटकीय बजारहरुमा मंगलबार साँझदेखिनै क्रिसमसको रमझम सुरु भएको थियो ।

खासगरी पश्चिमा देशहरुमा क्रिष्टमस पर्वको विशेष रौनक देखिन्छ । यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ । क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ ।

पोखराको लेकसाइड, काठमाडौंको ठमेललगायतका पर्यटकिय स्थानहरुमा गएराति क्रिसमस इभको हर्षोल्लास देखिएको थियो । विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिएको थियो ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ । क्रिसमसको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सवैजसो नेताहरुले शुभकामना दिँदै सामाजिक सदभावको पक्षमा लाग्न अपिल गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू