अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थीको बसको ठक्करका कारण मृत्यु, चावहिलमा तनाव

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:२१ मा प्रकाशित

पशुपति क्याम्पसमा बिबिएसमा अध्ययनरत २१ वर्षीया सृष्टि पन्तको सार्वजनिक बसले दिएको ठक्करका कारण उपचारको क्रममा मृत्यु भएपछि चाबहिल क्षेत्रमा तनाव भएको छ । सहपाठीको मृत्युमा आक्रोशित विद्यार्थीको समूहले काठमाडौं–भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी समेत गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आइतबार सोमवार विहानै भक्तपुर (काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसले पन्तलाई ठक्कर दिएको थियो। त्यस लगत्तै उपचारका लागि ओम अस्पताल पुर्याईए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो। गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको बोगटीले जानकारी दिनुभयो ।

आगजनी गरेको आरोपमा गौशाला प्रहरीले पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ। विद्यार्थीले प्रदर्शन गरिरहेका कारण उक्त क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भएको थियो । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएर बाटो खुलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू