अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

नेकपासंगको सहमतिले सम्वादहिनतालाइ अन्त्य गर्यो – राजपा

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:०८ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संयोजक महतोले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताउनुभयो । दुई पार्टीबीच भएको २ बुँदे सहमतिलाई लिएर अहिले विभिन्न अड्कलबाजी भैरहेको उल्लेख गर्दै उहाँले ती अड्कलबाजीमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभयो ।

पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्थाको भने अन्त्य गरेको उहाँको दाबी थियो । सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था रहेकोमा २ बुँदे सहमतिले सम्वादहीनताको अन्त्य र तोड्ने काम गर्ने महतोले बताउनुभयो । अब सरकारसंग देशका समसामयिक राजनीतिक विषयमा पार्टीका माग र मुद्दामा सम्वाद हुने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू