अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

सचिवको सरुवादेखि महासेनानीको राजनीमा स्वीकृत

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:४० मा प्रकाशित

सरकारले दुई सचिवको सरुवा गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सरुवा गरेको हो । घिमरेलाई सुदूरपश्चिम र विडारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

यस्तै, सरकारले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गठन गरेको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको छानबिन समितिको म्याद पुस २८ गतेसम्मका लागि थपे गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी, महासेनानी नारायण सिलवाललाई सहायक रथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरेको छ । सरकारले सेनाका महासेनानी दिप सिं र प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू