अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

गुठी संस्थानका प्रमुख प्रशासक चौधरी र उप–प्रशासक रेग्मी अख्तियारको नियन्त्रणमा

बिआरटीनेपाल २०७६ पुष १ गते ८:४७ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई गुठीको जग्गा गुठीमै कायम गर्ने मुद्धामा घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–१ स्थित गुठीको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दा हेर्दा घुस लिएको र पछि त्यो रकम फिर्ता गरेको सम्बन्धमा सूचना र प्रमाणका आधारमा चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुलाई संस्थानको त्रिपुरेश्वरस्थित कार्यालयबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। कति रकम घुसवापत लिएका थिए र पछि फिर्ता गरे भन्नेबारे अनुसन्धानपछि खुल्ने कोइरालाले बताउनुभयो । उनीहरुलाई अहिले अख्तियारको टंगालस्थित कार्यालयमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू