अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

पुस १ गते नेपालको इतिहासमा अमर रहिरहने दाबी

बिआरटीनेपाल २०७६ पुष १ गते ८:४४ मा प्रकाशित

पुस १ गतेको सन्दर्भ पारेर राजावादी संघ–संस्थाहरुले तत्कालीन राजा महेन्द्र शाहको सालिकमा माल्यार्पण गरेका छन् । मंगलबार विभिन्न राजावादी संघ–संस्थाका सदस्यहरुले दरबारमार्गमा रहेको स्व. राजा महेन्द्रको सालिकमा माल्यार्पण गरेका हुन् ।

उनीहरुले पुस १ गते नेपालको इतिहासमा अमर रहिरहने दाबी गरेका छन् । आयोजित कार्यक्रममा राष्ट्रिय झन्डा र ब्यानरसहित उपस्थित भएकाहरुले नाराबाजीसमेत गरेका थिए । उनीहरुले भारतले आफ्नो नक्सामा समेटेको कालापानी क्षेत्र फिर्ता गर्नसमेत माग गरेका थिए ।

वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गर्नुभएको थियो । त्यसपछि मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लागू गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू