अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

चलचित्रकर्मी भट्टराई र क्षेत्रीको अन्त्येष्टि

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:३३ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रका दुई हस्ती चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र दीपक क्षेत्रीको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । भट्टराई र क्षेत्रीको दुवै छोराहरुले दागबत्ती दिएका थिए । भट्टराईको राष्ट्रिय सम्मानका साथ दाह संस्कार गरिएको छ । यसअघि चलचित्र विकास बोर्डको कार्यालयमा दुवै कलाकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।

उहाँहरुको पार्थिव शरिरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल, कांग्रेस नेता शेखर कोइराला लगायतकाले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो भने श्रद्धाञ्जली व्यक्त गर्न कलाकारहरुको ठूलो उपस्थिति थियो।

हृदयघातका कारण निधन भएको ५२ वर्षका भट्टराईले टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गर्नुभएको थियो । भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा सहितका चलचित्रको निर्माण गर्नुभएको छ ।

यस्तै ५८ वर्षीय कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिनुभएको थियो । उहाँले काम गरेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो। क्षेत्रीले १०० भन्दा धेरै चलचित्रहरुमा काम गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू