अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

पौडेलद्वारा काँग्रेस केन्द्रीय समिति बैठक बहिस्कार, सिटौला पक्षपनि असन्तुष्ट

बिआरटीनेपाल २०७६ मंसिर २६ गते ६:२५ मा प्रकाशित

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा सहभागी हुनुभएन । पौडेल सहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित नभएको जनाइएको छ ।

पार्टीका विभागको संख्या बढाउने प्रस्तावमा असहमति जनाउँदै उहाँले बैठक बहिस्कार गर्नुभएको हो । विभागको संख्या थप्ने, भ्रातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ ।

बैठकमा जम्मा नौ वटा एजेन्डा पेश गरिएका छन् । बैठकमा गगन थापा पनि उपस्थित हुनुभएको छैन । केन्द्रीय सदस्य एनपी साउदले वरिष्ठ नेता पौडेल बैठकमा सहभागी नभएको जानकारी गराउनुभएको हो महामन्त्री कोइरालाले पारिवारिक कारणले गर्दा आफू बैठकमा उपस्थित हुन नसक्ने सभापतिलाई जानकारी गराउनु भएको साउदले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू