अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

साग फुटवल फाईनलः स्वर्ण भिडन्तमा भुटानविरुद्ध नेपालको २-१ को अग्रता

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ३:३८ मा प्रकाशित

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भइरहेको फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता बनाएको छ। नेपालका लागि खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । जारी सागमा व्यक्तिगत तेस्रो गोल गर्ने क्रममा गोल गरेका हुन्।

नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बाहिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छिराएका हुन्। तर, पहिलो हाफमै भुटानले पनि नेपाल विरुद्ध १ गोल गरी खेललाई बरावरीमा ल्याएको थियो ।

यसैगरी खेलको दोश्रो हाफमा ५३ औं मिनेटमा नेपालले पुनः भुटानविरुद्ध गोल गरेको हो । खेल अहिलेपनि जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू