अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

सागमा नेपाललाई हालसम्म ४९ स्वर्ण पदक, दोश्रो स्थानमा कायमै

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:०३ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ । नेपालले सोमबार बक्सिङमा २ र जुडोमा १ स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाउनुभयो । ७८ केजीमुनि तौल समूहमा उहाँले बंगलादेशी खेलाडीलाई हराउँदै स्वर्ण जित्नुभएको हो । ४८ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा यथावत् छ ।

शीर्ष स्थानको भारतको १३८ स्वर्णपदक रहेको छ भने तेस्रो स्थानको श्रीलंकाको ३६ स्वर्ण रहेको छ । चौथो स्थानको पाकिस्तानको ३०, पाँचौं स्थानको बंगलादेशको १८, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्ण छ । पुछारको भुटान स्वर्णबिहीन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू