अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी अस्पतालमा

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:४१ मा प्रकाशित

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक अस्पताल जानुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भेट्टन राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल जानुभएको थियो ।

राष्ट्रपति भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३० मिनेट बिताउनुभयो । उहाँले आधा समय प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो भने आधा समय चिकित्सकसँग छलफल गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, प्रधानमन्त्रीका प्रेस सल्ला्हकार सूर्य थापालगायतले स्वागत गरेका थिए । अघिल्लो मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी मंसिर १२ गते अस्पताल जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू