अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

काँग्रेस सभामा गगनको नारा : श्री ६ विद्या, श्री ५ ओली र श्री ३ प्रचण्ड !

कृष्णमणि बराल २०७६ मंसिर ६ गते ९:४४ मा प्रकाशित

पोखरा: कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चुनाव प्रचारको क्रममा काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता पोखरामा आएका छन्। पोखरामा शुक्रवार सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, रामशरण महत, शेखर कोइराला, डा. मिलेन्द्र रिजाललगायत शीष नेता भोट माग्दै पोखराको चिप्लेढुंगाबाट न्युरोड हुँदै पृथ्वी चोकसम्म पुगे।

फाइल तस्बिर

शीर्ष नेताको सहभागितामा विभिन्न पाँच ठाउँमा कोणसभा भएको थियो। सभापति देउवाले सरकारले नागरिकको अधिकार खोसेर प्रजातन्त्रलाई नै कजोर बनाउन लागेको आरोप लगाए। पोखरा ८ सिमल चौरको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारले कानुन बनाएरै निरङ्कुश बन्ने गरी अघि बढेको बताए। कास्की २ को उप निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकारले वाक स्वतन्त्रता हनन गर्ने गरी कानुन सांसदबाट पास गर्न लागेको बताए। मङ्सिर १४ गते कास्कीमा उप निर्वाचन हुँदैछ।

नेता थापाले सरकार निरङ्कुश बन्दै गएको आरोप लगाए। राष्ट्रपति, प्रधानमन्त्रीबारेमा सामाजिक सञ्जालमा लेखेकै भरमा प्रहरीले समाउने र जेल हाल्नेसम्मको कानुन सरकारले ल्याउन लागेको उनले आरोप लगाए।
‘सरकारले देशमा जो मान्छेले श्री ६ विद्या भण्डारीकी जय, श्री ५ केपी ओलीकी जय, श्री ३ प्रचण्डकी जय भन्ने छन् उनीहरुमात्र जेल जान नपर्ने कानुन ल्याउँदै छ’, उनले भने, ‘खराब कार्यको जसले विरोध गर्ने छ ऊ जेल जानुपर्ने गरी कानुन बनाउन लागेको छ।’

सरकारले कानुन बनाएर निरंकुशतातर्फ जान लागेको उनले आरोप लगाए। ‘राजा ज्ञानेन्द्रले कानुन मिचेर निरंकुशता लादेका थिए। फरक मत राख्न पाउनकै लागि ज्ञानेन्द्रका विरुद्ध आन्दोलन गरेर गणतन्त्र ल्याएको हो’, उनले भने

शुक्रवार साँझ पोखराको पृथ्वी चोकमा र्‍यालीपछि आयोजित कोणसभामा काँग्रेसका शीर्ष नेताको सहभागी रहे पनि नेता डा. मिलेन्द्र रिजाल र कास्की क्षेत्र नम्बर २ का काँग्रेस उम्मेदवार खेमराज पौडेलले मात्र सम्बोधन गरेका थिए। कार्यक्रममा शीर्ष नेताहरूले एकताको सन्देश दिने एकै ठाउँमा उभिएर चुनावी सभामा सहभागीलाई अभिवादन गरेका थिए। उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराई चुनावी मैदानमा छन् । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू