अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिए

बिआरटीनेपाल २०७६ मंसिर ४ गते २३:१४ मा प्रकाशित

काठमाडौँ, नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका छन् । मन्त्रीहरूले राष्ट्रपति समक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री समक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका थिए ।

शपथ लिने नवनियुक्त मन्त्रीहरूमा लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात रहेका छन् ।

त्यस्तै, मोतीलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् । सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ। स्वास्थ्य मन्त्रालयको जिम्मा कानुन मन्त्री भानुभक्त ढकाललाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू