अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

आमा छोरीको हत्या गर्ने साह कारागार चलान

बिआरटीनेपाल २०७६ मंसिर ४ गते ११:४० मा प्रकाशित

उदयपुर, जिल्ला अदालत उदयपुरले गत २४ असोज साँझ ७ बजेतिर उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबास चौकीबारीकी २८ वर्षीय गोभा भनिने शारदाकुमारी चौधरी र उनको कान्छी छोरी ६ वर्षीय रचनाकुमारी चौधरीलाई घरमा नै धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर गरिएको हत्यामा संलग्नलाई पुर्पक्षका लागि कारागार चलाउन गरेको छ ।

दशैमा आफनै घर भित्र आमाछोरीको सामूहिक रुपमा धारिलो हतियार प्रयोग गरी हत्यामा संलग्न भएको आरोपमा सिराहाको लहान नगरपालिका– ८ मटेरुवाका ४० वर्षीय रामहरी साह हलुवाईलाई पक्राउ गरेको थियो । अदालतले साहलाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

अभियुक्त साहले गत २४ गते साँझ ७ बजेतिर उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबास चौकीबारीकी २८ वर्षीया गोमा भनिने शारदाकुमारी चौधरी र उनकी कान्छी छोरी ६ वर्षीया रचनाकुमारी चौधरीलाई घरमा नै धारितलो हतियार प्रयोग गरि घाँटी रेटी हत्या गरेको अबस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए । मृतक आमाछोरीलाई घर भित्रको भर्याङ्मुनी हत्या गरेको अबस्थामा प्रहरीले शब भेटाएका थिए ।

आमा छोरीको हत्या अभियोगमा पक्राउ परेका २ नं. प्रदेशका एक व्यापारी पुर्पक्षका लागि थुना आदेश पाएका सिराहाको लाहान नगरपालिका–२ का रामहरि साहलाई जिल्ला अदालत उदयपुरले सोमबार पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको हो ।

लाहान स्थायी घर भएपनि त्रियुगा नगरपालिका–३ मोतिगडास्थित मिठाई पसल गर्दै आएका ४० वर्षीय साहले प्रेम सम्बन्धमा धोका दिएका कारण शारदाको हत्या गरेको र उनको हत्याका बेला घरमै टेलिभिजन हेरेर बसिरहेकी छोरीले पनि थाहा पाएको हुनाले नाबालिका छोरी रचनाको पनि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै फरार भएका अपराधीको खोजीमा प्रहरीले संघीय प्रहरी इकाई सुनसरीबाट तालिम प्राप्त कुकुर मगाएर खोजतलास गरेको थियो । साताव्यापी खोजतलासपछि मोतिगडास्थित डेराबाटै बिभिन्न प्रमाणसहित पक्राउ परेका साहलाई अनुसन्धानको क्रममा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

श्रीमान सीताराम चौधरी ३ वर्षदेखि बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेकाले शारदा दुई छोरीका साथ घरमै बस्दै आएकी थिइन् । ९ वर्षीया जेठी छोरी सानी आमासँग मामली गएका बेला कान्छी छोरी रचनासँगै घरमा रहेका बेला घटना भएको हो ।

शारदासँग ३ वर्षअघि आफनो चिनजान भएसँगै आफुहरुबीच प्रेम सम्बन्ध कायम भएको र बिहे गर्ने शर्त राखेकोमा अर्कै पुरुषसँग सम्बन्ध कायम भएपछि असह्य भएर हत्या गर्ने निर्णयमा पुगेको बयान साहले दिएको प्रहरी भनाई छ ।

शारदाले लगाउने गहना मोतिगडास्थित डेराबाट बरामद भएपछि आंशिक प्रमाणका आधारमा पक्राउ साहले बयानका क्रममा प्रहरी समक्ष अपराध स्वीकारेपछि थप अनुसन्धान अघि बढाइएको थियो । अदालतको आदेशलगत्तै साहलाई सोमबारै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू