अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

बझाङ केन्दबिन्दू बनाएर ५.७ रेक्टर स्केलको भूकम्प

बिआरटीनेपाल २०७६ मंसिर ३ गते ८:०७ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको बझाङ केन्दबिन्दू बनाएर मंगलबार साँझ भूकम्प गएको छ। क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको पौवागढी केन्द्रबिन्दू भएर मंगलबार बेलुका ७ः१५ मा ५.७ रेक्टर स्केलको भूकम्प गएको हो।

क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा भूकम्पको महसुस गरिएको छ । यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू