अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

पुर्वमन्त्री आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:१४ मा प्रकाशित

जिल्ला अदालत रौतहटले राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आलम विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि आज अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो ।

वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए । बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोध्नुभएको थियो । दुवैले न्यायाधीशसमक्ष आ– आफ्नो कुरा राखेका थिए । यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउनुहुनेछ ।

वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप आलम माथि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू