अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना

बिआरटीनेपाल २०७६ कार्तिक २६ गते ७:२८ मा प्रकाशित

काँग्रेस सभापति शेरबहादुर देउवाले कालापानी क्षेत्रको सीमा विवादमा मौन बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ । कालापानी नेपाली भूमि भएको र लिपुलेक त्रिलेशीय विन्दु भएको समेत उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लिपुलेक चीन र भारतको मात्र नभई नेपालको पनि भएको बताउनुभयो । यसबारे आफूले भारतमा समेत बोलेको उहाँले सुनाउनुभयो । तर धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू