अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

सीमा विवाद बारे कुटनितिक माध्यमबाट समाधान खोजिने सञ्चार मन्त्रीको भनाइ

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:४४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकारले कुटनितिक माध्यमबाट समाधान खोज्ने बताउनुभएको छ । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ लसर्घामा रहेको आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज अनावरण गर्दै प्रवक्ता बाँस्कोटाले सीमाका विषयमा सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताउनुभएको हो ।

सरकार चुपचाप बसेको, कुरा उठाउनै नसकेर होइन प्रवक्ता बास्कोटाले भन्नुभयो, “सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ” । विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफल मार्फत टुङ्गोमा पुर्याउने सञ्चार मन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू