अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

महाकाली र भीमदत्त सीमा नाकामा प्रदर्शन – भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:४६ मा प्रकाशित

भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरका विभिन्न ठाँउमा प्रदर्शन गरिएको छ । ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल भारत सीमास्तम्भ ७९३/१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समेत मोटसाइकल र्याली निकाल्दै भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेका छन् ।

महेन्द्रनगरको पुस्पलाल चोकबाट निस्किएको विद्यार्थीहरुको र्याली ७ नम्बर सीमास्तम्भमा पुगेर भारतविरुद्ध नाराबाजी गर्दै गड्डाचौकी फर्किएर कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू