अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूको विरोध

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०४ मा प्रकाशित

कालापानी र लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शन गरेको छ । रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका थिए ।

कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गर्दै नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग गर्नुभयो । भारत र नेपालबीचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने प्रदर्शनकारी बिद्यार्थीहरुको माग थियो।

संयोजक महरले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । आन्दोलनका कार्यक्रमहरु छलफल गरेर टुंगोमा लगाईने अनेरास्ववियूले जनाएको छ। उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत ‘गो व्याक इन्डिया’ भन्दै आलोचना गरेका छन्। यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पनि विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू