अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

उपनिर्वाचनमा काँग्रेसका उमेदवार विजयी भए आन्तरिक कहल अन्त्य हुने सभापति देउवाको भनाइ

बिआरटीनेपाल २०७६ कार्तिक १७ गते ९:०० मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अबको उपनिर्वाचनमा काँग्रेसका सबै उमेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनुभएको छ । चितवनको भरतपुरमा आज बिहान पार्टीका कार्यकर्तासँगको छलफलमा उहाँले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन काँग्रेसको एकताको परीक्षा भएको बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका समयमा पार्टीभित्रको मतभेदका कारण थलिएको काँग्रेसलाई पुनः जगाउन उपनिर्वाचन महत्वपूर्ण रहने देउवाको नाइ छ । काँग्रेसभित्र गुटउपगुटको अन्त्य गर्न आफ्ना उमेदवारलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । स्थानीय तहहरुमा हुने उपनिर्वाचनका लागि काँग्रेसले जिल्लाबाट उम्मेदवार तोकिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू