अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

भिडियो निर्देशन तिर बाबु बोगटी

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ११:३३ मा प्रकाशित

दुई दशकको लामो साङेतिक यात्रामा बोगटीले धेरै कामहरू गरी सकेका छन् । १४ वर्षको उमेरबाट पहिलो स्टेज डान्स गर्न चढेका बाबु त्यस पछि गायन, अभिनय, सडक नाटक, टेलिफ़िल्म, सङ्गीतकार, गीतकार सबै काम गर्न भ्याई सकेका छन् ।

अहिले आएर निर्देशन तर्फको यात्रा सुरु गरेका छन् । २०६३ सालमा बाबुले नै गाएको गीत “जमुना जमुना” बोलको गीतलाई नयाँ स्वरूपमा रेकर्डिङ गरी त्यसको म्युजिक भिडियो बाबुको निर्देशनमा “जमुना एगेन” तयार गरी आफ्नै युट्युब मार्फत बजारमा लिएर आएका छन् । जसमा मुन प्रसाई, रिया क्षेत्री, दीपेन्द्र सोनाम र नयाँ प्रस्तुतिमा युवराज खतिवडाले अभिनय गरेका छन् । सम्पादनमा शक्ति घिमिरे र छायाङ्कनमा उत्सव ढकाल छन् ।

प्रतिक्रिया