अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

सरकारले संविधानको मर्म र भावना अनुसार काम गर्न सकेन: सह-महामन्त्री डा. महत

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:४७ मा प्रकाशित

काठमाडौँ, नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले उहाँले सरकारले जनतालाई राहत दिने काम गर्न नसकेको बताउनुभएको हो ।

“चाडपर्वको समयमा सहुलियत दिनुपर्ने सरकारले महँगी बढाएको छ,”–उहाँले भन्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सरकारले पुरा गर्न नसकेको उहाँको भनाई थियो । उहाँले दुई तिहाइको जनमत पाएको सरकारले जनतालाई सुशासन दिनु को सट्टा भ्रष्टाचारमा लिप्त भएको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेस रसुवाका सांसद मोहन आचार्यले सांस्कृतिक पर्वले भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने बताउनुभएको । काङ्ग्रेस एकजुट भए आगामी उपनिर्वाचनमा सजिलै विजय हासिल गर्न सक्ने उहाँको भनाई थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाले सरकारले हरेक क्षेत्रमा कर बढाएर जनतालाई दुःख दिने काम गरेको आरोप लगाउनुभयो । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति भैरव सापकोटाले पार्टीभित्र रहेको गुठ उपगुठ अन्त्य नभएसम्म काङ्ग्रेस अगाडि बढ्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू