अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

गैरआवासीय नेपालीको निर्वाचन– ११ पदमा निर्विरोध निर्वाचित

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकाल सन् २०१९ देखि २१ को कार्यकालको लागि ११ वटा पदमा निर्विरोध निर्वाचित भएका छन् । केही क्षेत्रीय संयोजक, उपसंयोजकदेखि महिला र युवा संययोजकका निर्विरोध निर्वाचित भएका हुन् । ४२ पदको लागि निर्वाचन गर्न थालिएकोमा ११ पदमा निर्विरोध भएको छ भने एक पदमा उम्मेदवारी नै परेको छैन।

यस हिसाबले अब ३० पदको लागि निर्वाचन हुनेछ । निर्विरोध निर्वाचित हुनेमा युरोपबाट क्षेत्रीय युवा संयोजकमा टंककुमार ठाकुर, युरोपबाट नै क्षेत्रीय महिला संयोजक कुमारीयोगीता थापा, क्षेत्रीय युवा संयोजक ओसेनियाबाट जानकी पौडेल, क्षेत्रीय युवा संयोजक मध्यपूर्व बाट राजु रेग्मी निर्वाचित हुनुभएको छ ।

त्यस्तै क्षेत्रीय महिला संयोजक मध्यपूर्व सुमित्रादेवी पौडेल, क्षेत्रीय उपसंयोकज मध्यपूर्वबाट राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ, क्षेत्रीय संयोजक मध्यपूर्वबाट प्रविन गुरुङ, क्षेत्रीय युवा संयोजक अमेरिकाज् बाट विमल सापकोटा, क्षेत्रीय महिला संयोजक अफ्रिकाबाट मनकला विष्ट र क्षेत्रीय संयोजक अफ्रिकाबाट रोशन थापा निर्विरोध निर्वाचित हुनुभएको छ । सम्बन्धित कोटमा भन्दा धेरै उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया