अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

यी हुन् नेपाल र चीनबिच भएका २० बुँदे समझदारी

बिआरटीनेपाल २०७६ असोज २६ गते ११:५४ मा प्रकाशित

यस्ता छन् नेपाल–चीनबिच भएको सहमतिका बुँदाहरू:

१) नेपाल सरकार र जन वादी गणतन्त्र चीनबिच सीमा व्यवस्थापन प्रणालीबारे सम्झौता भएको छ ।

२) नेपाल सरकार र जन वादी गणतन्त्र चीनबिच प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदानप्रदान गर्ने समझदारी (एमओयू) भएको छ।

३) नेपाल र चीनबिच आपराधिक मामिलामा दुई पक्षीय कानुनी सहायताको सन्धि भएको छ।

४) नेपाल र चीनबिच सगरमाथारचोमोलोङ्माको संरक्षणमा सहकार्य गर्ने समझदारी भएको छ।

५) लगानीका मुख्य परियोजनालाई प्रवर्द्धन गर्ने र नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबिच उत्पादक क्षमता वृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ।

६) चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल (वाणिज्य दूतावास) स्थापना गर्नेसम्बन्धी सम्झौता पत्र आदानप्रदान भएको छ।

७) नेपाल–चीन सिमापार रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबिच समझदारी भएको छ।

८) काठमाडौँ महानगरपालिका र चीनको नाञ्जिङ सहर बिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

९) बुटवल उप महानगरपालिका र चीनको जियान सहरबिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ।

१०) परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसङ्ख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबिच समझदारी भएको छ।

११) नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबिच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ।

१२) चीनको सुप्रिम पिपुल्स प्रोसिक्युटर कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबिच सहकार्य गर्ने समझदारी भएको छ।

१३) नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युट हेडक्वार्टर्सबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौता भएको छ।

१४) नेपालको कृषि विभाग र चीनको भन्सार सामान्य प्रशासनबिच साइट्रस(अमिलो स्वादका) फलफुल चीन निर्यातका लागि बिरुवालाई स्वस्थ राख्नेसम्बन्धी मापदण्डको कार्यविधि निर्माण गर्ने समझदारी भएको छ।

१५) नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबिच व्यापारबारे छलफल गर्न दुवै देशका प्रतिनिधि सहभागी हुने संयुक्त संयन्त्र बनाउने समझदारी भएको छ।

१६) नेपालमा चीनले सहयोग गरेको भूकम्प सुपरिवेक्षण सञ्जाल परियोजनाका लागि वितरण र स्वीकृति पत्रमा समझदारी भएको छ।

१७) नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबिच लगानीमा सहकार्यका लागि दुवै देशको प्रतिनिधि सहभागी हुने गरी कार्यदल स्थापना गर्ने समझदारी भएको छ।

१८) नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य संस्थाबिच सुरुङ निर्माणमा सहकार्य गर्ने समझदारी भएको छ।

१९) नेपाल–चीन सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि सम्झौता पत्र आदानप्रदान भएको छ।

२०) चीनको सहयोगमा उपत्यकामा सञ्चालन हुने खाने पानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि बैठकको ‘माइन्युट’का लागि समझदारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू