अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 11:30

चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३७ मा प्रकाशित

चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५÷४६ जना सवार रहेका थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू