अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

देशभर मनसुनी गतिविधि सक्रिय, भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:२३ मा प्रकाशित

नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि पुनः सक्रिय बनेको छ । यो अझै सक्रिय नै रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाइएको छ ।

अर्को न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको महाशाखाले जनाएको छ । सोही कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एकरदुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली भएको छ । महाशाखाकाअनुसार शनिबार दिउँसो देशको पूर्वदेखि पश्चिमसम्मका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । यस्तै, देशका मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षा भएको छ ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पूर्वदेखि पश्चिमसम्मै अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका पूर्व र मध्यका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पूर्वका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

Monsoon in Nepal

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू