अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो छैन– प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:२७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले साच्चै कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो नभएको र विस्तारै काग्रेस जस्तो जस्तो बन्दै गएको बताउनुभएको छ । पार्टी कार्यालय धुम्वाराईमा सोमबार साहाना प्रधानको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो ।

प्रचण्डले आफुहरु अहिले इतिहाँसको नयाँ चरणमा आइसकेको र नयाँ युगमा प्रवेश गरेको बताउदै कम्युनिष्ट आन्दोलन पार्टी एकता गरेपछि शासन सत्तमा पुगेपछि आर्दशबाट निष्ठाबाट विचारबाट विस्तारै स्खलित हुदै जाने प्रकृया बढ्दै गएको उल्लेख गर्नुभयो । पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले निर्वाचनपछि कम्युनिष्ट पार्टी जनताबाट टाढा हुदै गएको पनि स्वीकार गर्नुभएको छ ।

प्रचण्डले सत्ता प्राप्ती भन्दा अघि गरेको आर्दशको लडाई अहिले तुहिएको अवस्थामा पुगेको दावी गर्दै पहिलोको अवस्थामा नरहेको हो कि ? भनी प्रश्न गर्नुभयो । अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्ने विचार अस्पष्ट भएको, आचरण र व्यवहार विलासी बन्दै गएको ठहर गर्नुभएको छ । आपसी गुटै गुट बनाएर लडौ भनेर पार्टी एकता नगरेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सबैलाई सचेत हुन आग्रह समेत गर्नुभयो । कम्युनिष्ट पार्टीका नेताहरु सत्तामा पुगेपछि विचार आर्दशबाट स्वखलित हुँदै गएको समेत उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू