अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

नेपाल–चीन बीच समस्या रहित सम्बन्ध सदियौं कायम रहन्छ– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध विशेष रहेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको ‘विचारधारात्मक छलफल कार्यक्रम’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धले यहाँको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले नेपाल–चीन बीच ‘समस्यारहित सम्बन्ध’ भएको बताउँदै उहाले यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताउनु भयो । ‘नेपाल–चीन मित्रता खुल्ला, स्वतन्त्र र अटल छ’, नेकपा अध्यक्षसमेत रहनु भएका ओलीले भन्नुभयो, ‘हाम्रो मित्रता शर्तहरूभन्दा माथि छ, र सम्बन्ध समस्यारहित छ ।’

प्रधानमन्त्री ओलीले चीनले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले विश्व समुदायलाई पाठ सिकाएको बताउनु भयो । उहाले छलफल कार्यक्रमले एक–अर्काले अपनाएको प्रणाली, अभ्यास, विचार र सिद्धान्तबारे बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू