अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

युवाले राजनीतिमा चासो नदिएसम्म देश बन्दैनः अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:३० मा प्रकाशित

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवाले राजनीतिमा चासो नदिएसम्म देश नबन्ने बताएका बताउनुभएको छ । ‘नेपाल युथ एसडीजी सम्मिट’को शनिबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवाले राजनीतिमा चासो नदिएकोतर्फ लक्षित गर्दै राजनीतिमा चासो दिन आग्रह गर्नुभयो ।

युवाहरुले राजनीतिप्रति दिने प्रतिक्रियाले मात्र अव नहुने भन्दै उहाँले गहिराइमा गएर राजनीतिलाई बुझ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । दिगो विकासका लक्ष्यहरु नेपालको राष्ट्रिय लक्ष्य भएको भन्दै अध्यक्ष तिमिल्सिनाले सबैको साथ र सहयोग नभई लक्ष्य प्राप्त हुन नसक्ने बताउनुभयो । दिगो विकासका लागि लक्ष्य प्राप्ति गर्न तीन तहका सरकारले अझ एकीकृत रूपमा काम अघि बढाउने उहाँको भनाइ थियो । लामो राजनीतिक आन्दोलनपछि नयाँ संविधान जारी गरेर अधिकार प्राप्तीको अभियान पूरा भएको र अब कर्तव्य पूरा गरेर समृद्धि हासिल गर्ने ठाउँमा देश आईपुगेको उहाँले बताउनुभयो ।

युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्टिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल, एक्सन एड नेपालको सहकार्य र २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा सुरु भएको कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू