अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

‘उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा’– प्रमुख निर्वाचन आयुक्त थपलिया

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:३० मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसनले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा उहाँले आउँदो मंसिर १४ गतेको उपनिर्वाचनका लागि आयोगले तयारी अन्तिम चरणमा पुर्याईसकेको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सम्पूर्ण दलहरुको सहमतिमै उपनिर्वाचनको मिति तोकिएकाले चुनाव सम्पन्न गर्न कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । दसैंमा तयारीमा केही सुस्तता आउनसक्ने भएपनि दसैंलगत्तै पुनः तीव्रताका साथ उपनिर्वाचनको तयारीमा जुट्ने उहाको भनाइ थियो ।

यसैबीच, कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले उपनिर्वाचनमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू