अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

मैलुङ राजमार्ग सञ्चालनको तयारी

बिआरटीनेपाल २०७६ भदौ ३१ गते २२:३६ मा प्रकाशित

रसुवा, ३१ भदौ, वर्षाकाका कारण अवरुद्ध मैलुङ—स्याफ्रुबेँशी खण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत रूपमा अगाडि बढेको छ ।जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभान सम्म र मैलुङ तर्फबाट सोले दोभान सम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।  राजमार्गमा रहेका बाँकी अवरोध हटाउने काम भइरहेको र अब पाँच किमी दुरी सफा गरेपछि यातायात संन्चालनमा आउने स्थलगत रुपमा खटिनु भएका सांसद मोहन आचार्यले दिनु भयो ।

राम्चे ग्राङबीचको पासाङल्हमु मार्गमा पहिरो गई मर्मत सम्पन्न गराउन समया वधि निकै लाग्ने भएकाले सांसद मोहन आचार्य प्रदेश सभा सदस्य प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ एवं स्थानीय प्रशासक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष कर्नेल तामाङ, नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ तामाङ समेतको समन्वय र सहकार्यमा सहभागिता जुटाई असार देखि बन्द स्याफ्रु मैलुङ खण्डको राजमार्ग सञ्चालन गर्न काम अगाडि बढाइएको प्रमुख भट्टले बताउनुभयो ।

राजमार्गको अवरोध हटाउन मैलुङतर्फ सांसद आचार्यका दुई वटा, गल्छी त्रिशूली स्याफ्रुबेशी सडक सुधार आयोजनाका दुई, स्याफ्रु बेशी तर्फ गोसाइँकुण्ड गाउँ पालिकाको एक, स्काभेटर तथा रसुवागढी हाइड्रोपावर र डिभिजन सडक कार्यालयको एक पूर्व सांसद जनार्दन ढकालको एक लोडर प्रयोग भइरहेको गल्छी स्याफ्रुबेँशी सडक सुधार आयोजनाका प्रमुख नारायण दत्त भण्डारीले जानकारी दिनुभयो ।

सडक सुधार कार्यमा मैलुङ तर्फबाट स्थलगत रूपमै सांसद मोहन आचार्यका दाजु राममणि आचार्य, प्रदेश सभा सदस्य प्रेम तामाङ र प्रजिअ अर्जुन भण्डारीको अगुवाइमा द्रुत रूपमा काम अगाडि बढिरहेको र छोकल तर्फबाट गोसाइँकुण्ड गाउँ पालिकाका अध्यक्ष कैसाङ नुर्पुको नेतृत्वमा काम अगाडि बढेको सडक सुधार आयोजनाले जनाएको छ ।

मैलुङ—स्याफ्रु नदी किनारको १७ किमी राजमार्ग गत असारदेखि र राम्चे खण्डको पासाङल्हमु मार्ग यही भदौ २५ गतेदेखि बन्द भएपछि केरुङबाट सामान लिई नेपाल भित्रिएका सात सय भन्दा बढी ट्रक तथा कन्टेनर रोकिएका छन्। व्यापारीले दसैँका लागि बढी मात्रामा सामान ल्याएका र आयात भएका सामान सडक अवरोधले टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू