अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

बहालमा बस्नेसँग विद्युतको बढी शुल्क नलिन घरबेटीलाई प्राधिकरणको चेतावनी

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:४७ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले घरबेटीलाई बहालमा बस्नेसँग विद्युतको बढी शुल्क नलिन चेतावनी दिएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा घरबेटीहले बहालमा बस्नेसँग प्रति युनिट शुल्क बढी लिने गरेको गुनासो आएपछि कार्यकारी निर्देशक यस्तो चेतावनी दिनुभएको हो । उहाँले बहालमा बस्नेसँग कति भाडा लिने प्राधिकरणको क्षेत्राधिकार नभए पनि विद्युतको बढी शुल्क लिए प्राधिकरणले आवश्यक कारवाहिका लागि कदम चाल्न सक्ने बताउनुभयो ।

प्राधिकरणले ग्रार्हस्थ ग्राहकसँग उनीहरुले खपत् गर्ने विद्युत्तको परिणमअनुसार फरक फरक शुल्क लिने गरेको छ । प्राधिकरणका अनुसार २० युनिटसम्म विद्युत् खरिद गर्ने ग्राहकलाई प्रतियुनिट तीन रुपैयाँ र थप ३० रुपैयाँ सेवा शुल्क लिने गरिएको छ । त्यो भन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई सोहीअनुसार दर फरक फरक तोकिएको छ । प्राधिकरणले ग्रार्हस्थ ग्राहकसँग लिने प्रतियुनिट शुल्क बढीमा १३ रुपैयाँसम्म छ । घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमा घरबेटीले बहालमा बस्नेसँग प्रतियूनिट १५ रुपैयाँभन्दा विद्युत् बापत् शुल्क लिने गरेको गुनासो आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू