अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

ईन्द्रजात्रामा राष्ट्रपति भण्डारीको विरोध गर्ने पूर्व कर्नेल र डीआईजीसहित ५० भन्दा बढी पक्राउ

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:५६ मा प्रकाशित

पूर्वराजाको वकालत गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध नारावाजीमा उत्रिएपछि नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिजयराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको भूगोलपार्कबाट पूर्वडीआईजी भट्टलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

इन्द्रजात्रामा राष्ट्रपति भण्डारी नभइ पूर्वराजा ज्ञानेन्द्र जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका डीआईजी भट्ट, पूर्वमेजर केशव बस्नेतसहित ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा उनीहरुले गणतन्त्र र राष्ट्रप्रमुखबिरुद्ध प्रदर्शन गर्न लागेको जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर समेत बरामद गरेको छ । यसैबीच उच्छृंखल गतिविधिमा संलग्न ५० जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू