अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

विदेशी बुहारीलाई वैवाहिक परिचय पत्र दिनुपर्ने नेकपा सांसदको प्रस्ताव

बिआरटीनेपाल २०७६ भदौ २६ गते १०:५३ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले विदेशी बुहारीलाई नागरिकताको साटो परिचय पत्र दिने प्रस्ताव गरेका छन् । ५, ७ वा १० वर्षपछि मात्र वैवाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने उनीहरूको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता विधेयकमा भएको छलफलमा नेकपा सांसद जनार्दन शर्मा लगायतले आर्थिक, सामाजिक, शैक्षिक अधिकार उपभोग गर्न पाउने गरी सुरुमा वैवाहिक परिचयपत्र दिनुपर्ने प्रस्ताव राखेका हुन् ।

नेपाली काँग्रेसका दीलेन्द्रप्रसाद बडूले भने यसबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ । तर नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदको तर्क छ ।

तर, सरकारले भने तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने बताएको छ । समितिको बैठकमा गृह सचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने बताउनुभएको हो । विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्न पर्ने र यसका लागि ३–४ वर्ष समय लाग्ने उहाँले बताउनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू