अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 20:41

सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने देउवाको चेतावनी

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:३४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको शैली नसच्चिए पूर्वराजाको जस्तै हालत बनाइदिने चेतावनी दिनुभएको छ । बुधबार धरानमा आयोजित नगरसभालाई सम्बोधन गर्दै उहाँले मुलुक संघीयतामा गइसक्दा पनि सम्पूर्ण अधिकार केन्द्रमै राखेको भन्दै सरकारले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभयो ।

सो अवसरमा उहाँले आउँदो मंसिर १४ गते हुन लागेको धरान उपमहानगरपालिकाको मेयरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले ‘उखान–टुक्काले देश समृद्ध नहुने टिप्प्णी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू